TwitterFacebookRss


सहकारी के हो र किन ?

सहकारीको तालिमबाट पाएको शिक्षा – छेत्राकला र्राई कुनै झन्झट र अफ्ठ्यारोबिना नै कर्जा -ऋण) लिनदिन सकिने अर्थात् सम्पर्ूण्ा बैङ्किङ कारोबारहरू अत्यन्त सरल, सहज र सुलभ रूपमा गर्न सकिनेे आधिकारिक गोरखालीहरूद्वारा सञ्चालित गोरखा मीलेनियम बहुद्देश्यीय सहकारी संस्थाका शेयर सदस्यहरूले संस्थाको सञ्चालक समितिको सदस्य पदमा बस्नको लागि अनुरोध गरेपछि मैले पनि सो अनुरोधलाई सहर्षस्वीकार गरेको हुँ । यस सहकारी संस्थाको सञ्चालक समितिको सदस्य भएपछि मैले मिति २०६३ चैत्र १३ गतेदेखि केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रले संयोजन गरेको पन्ध्रदिने ‘सहकारी व्यवसाय तथा बजार पर््रवर्द्धन’ विषयको सरकारी तवरको तालिममा भाग लिने अवसर पनि प्राप्त गरेँ । यो तालिमले सहकारीताबारे मात्र होइन, अन्य धेरै महत्वपर्ूण्ा विषयहरूबारे पनि ज्ञान गरायो । नेपालको सर्न्दर्भमा सहकारी विभागको स्थापना २०१० सालमा भएको थियो भने र्सवप्रथम २०१३ सालमा चितवनबाट बखान बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको इतिहास छ । सामूहिक रूपमा काम गर्ने, दीगो विकास, गरीबी निवारण तथा संगठित श्रम, सीप, पूँजीलाई संगठित र व्यवस्थित् ढङ्गले परिचालन गर्न हरेकको आवश्यकता महसुस भएर नै सहकारीको उदय भएको हो भन्ने परिचयका साथ प्रशिक्षणको पहिलो दिन तालिमका संयोजक ढुण्डिराज निरौलाले अधिराज्यभरबाट आएका १९ जिल्लाका सहकारीका प्रतिनिधिहरूलाई तालिमको ज्ञान, सीप र अवधारणा अत्यन्त लाभकारी छ भन्ने प्रष्ट्याउनु भयो । ६ जना प्रशिक्षक र ४४ जना प्रशिक्षार्थीहरूका माझमा उदघाटन, मन्तव्य र परिचयका साथ कार्यतालिका संयोजक, मनोरञ्जक र प्रतिवेदक गरी प्रशिक्षार्थीहरूबाट दैनिक तीनजनाका दरले जिम्मेवारी बहन गर्ने काम बाँडफाँड भयो । प्रशिक्षक गोकर्ण्र्ाार्यालले सहकारीका सिद्धान्त, अर्थ, पृष्ठभूमि, व्यवहारिक प्रयोग, निस्कर्ष सामान्य तथ्य, क्रमबद्ध र व्यवस्थित विश्लेषणका बारे बताउँदै सहकारीको प्रयोगमा विश्वव्यापीकरण र १९६६ मा अन्तरराष्ट्रिय सहकारी महासङ्घ ९क्ष्लतभचलबतष्यलब ऋिय-यउभचबतष्खभ ब्ककयअष्बतष्यल, क्ष्ऋब्० गठन भएको हो भन्ने विस्तृत जानकारी दिनुभयो । पहिलो दिनका संयोजक यामबहादुर थापा, प्रतिवेदक खेमनाथ शर्मा र मनोरञ्जकमा टिका पंगेनी हुनुहुन्थ्यो । दोस्रो दिन सहकारीका सात सिद्धान्त र विनियमबारे प्रष्ट्याइयो भने अर्का प्रशिक्षक गणेश कार्कीले व्यवस्थापनका अर्थ र कार्यहरू ९एबिललष्लन इचनबलष्शभ क्भचखष्अभ म्झबलम, एइक्म्० का साथै ु6mंक्ष्ु को शक्ति र साधनबारे प्रष्ट पार्नुभयो । जसअनुसार ु6mु अर्न्तर्गत् १. ःबल बलम ध्omबल, २. ःबतभचष्ब, ि३. ःयलभथ, ४. ःबअजष्लभ, ५. ःभतजयम र ६. ःबचपभतक हुन् भने ‘क्ष्’ अर्न्तर्गत् क्ष्लायrmबतष्यल रहेको छ । यसैगरी सहकारीमा महिलाको समता र समानताको पहुँच हुन जरुरी हुन्छ । त्यसैले महिलालाई मूल प्रवाहमा ल्याउन उत्साहित गराउनु पर्छ भन्नेजस्ता ज्ञान पनि उहाँले दिनुभयो । तेस्रो दिन सहकारीमा व्यवस्थापनबारे रमा पौडेलले प्रशिक्षण दिनुभयो । उहाँले आफ्नो संस्था र सदस्यहरूको हितको काम र निर्ण्र्ाासञ्चालक समितिले गर्छ र आय-आर्जनको निश्चित चाँजोपाँजो मिलाउने तथा आर्थिक तथा प्रशासनिक नीति तय गर्छ भन्ने कुरा प्रष्ट्याउनु भयो । यसैगरी लक्ष्मण पौडेलले सहकारीका सदस्यको सेवामूलक भूमिकाका बारे प्रष्ट्याउँदै ‘क्ःब्च्त्’ को अर्थ बताउनु भयो । अर्थात् ुक्ःब्च्त्ु को अर्थ क्imउभि -सरल), ःयचब -िनैतीक), ब्अअयगलतबदभि -जिम्मेवार), च्भकउयलकष्खभ -उत्तरदायी) र त्चबलकउबचभलअथ -पारदर्शिता)’ हुन्छ भन्नुभयो । चौथो दिन सहकारीमा नेतृत्व विकासबारे योगेन्द्र कार्कीले जानकारी गराउनु भयो भने गोकर्ण्र्ाार्यालले उद्यमशीलताको अर्थ र महत्वबारे व्याख्या गर्नुभयो । खुला माग, अदृश्य माग, अन्धो माग, अनभिज्ञ माग र सिर्जनशीलताबारे पाँचौ दिनमा सिक्ने अवसर मिल्यो । ढुण्डिराज निरौलाबाट गुण, क्षमता, भावना, दृष्टिकोण, दक्षता, सहनशीलता र धर्ैयताको विषयमा वर्षा २२ पटक तालिम हुने र तालिममा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताउनु भयो । छैटौं दिन बचतको व्यवस्थापनबारे रमा पौडेलले प्रशिक्षण दिनुभयो । उहाँले भविष्यलाई आर्थिक रूपमा सुरक्षित राख्नु, सामाजिक कार्यको प्रत्येक कदममा आर्थिक टेवाले पहिलो भूमिका खेलेको हुन्छ भन्दै बचतको महत्व, आम्दानी, इज्जत र सीपको विकास, सामुहिक उद्यम जस्ता विषयहरूमा व्याख्या गर्नुभयो । उहाँले माछा दिनुभन्दा माछा मार्ने तरिका सिकाउनु उचित हुने र योजनाको बारेमा लिने र दिने व्याजमा ६ प्रतिशत भन्दा फरक हुन हुँदैन भन्नुभयो । रुद्र पौडेलले आफूले सोचेको व्यवसाय सरकारको अनुकूल नीति, सकारात्मक बजारव्यवस्था, सामाग्रीहरूको उपलब्धता, अनुकूल स्थान र पायक समुदाय मिलाउन सके मात्र सफलताको सम्भावना रहने बताउनु हँुदै सम्भव र असम्भवको गहन अध्ययनको जरुरी पर्ने बताउनुभयो । उहाँले उच्च मूल्याङ्कनको तरिकाबाट पाँचवटा व्यवसाय छानेर बढी नम्बर-प्रथालाई परियोजना लगानी गर्न सकिने पनि बताउनु भयो । स्थान -उबिअभ), उत्पादक -उचयमगअत), उत्पादन -उचयमगअतष्यल) र समुदाय -उभयउभि) नै सहकारीको मूल तत्वहरु हुन् भने उपभोग यसको अदृश्य नाफा हो । जस्तै, खाद्यमा उपभोग धेरै गर्नेले मात्र अदृश्य नाफा -सुविधा) पाउँछ । सातौं दिन राष्ट्रिय योजना आयोगका सदस्य बिजु श्रेष्ठले ‘सहकारीमा योजना व्यवस्थापन’बारे प्रशिक्षण दिनुहुँदै योजनाको तर्जुमा, उद्देश्य, कार्यान्वयन र अनुगमनको योजना-चक्र बनाएर सहकारीहरूलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । यसैगरी शिशिर ढुङ्गानाले ‘सहकारीमा सुशासन’ विषयमा प्रशिक्षण दिनुहुँदै उहाँले नियम-विनियम बुझेर राम्रो व्यवस्था गरे मात्र सामुहिक हित हुने तथा सहकारी व्यवसाय दीगो हुने बताउनु भयो । उहाँले राज्यसञ्चालन र सहकारीसञ्चालनको तरिका एउटै भएका प्रशस्त उदाहरणहरू पनि दिनुभयो । मार्कण्डेय उपाध्यायले अनुगमन र मूल्याङ्कनको उपयोगिता, आवश्यकता र प्रयोग विधिबारे विवेचना गर्नुहुँदै सचेत सदस्य र सही सञ्चालकद्वारा नै सहकारीको व्यवसायिक सेवा दीगो र सफल हुन सक्छ भनेर प्रष्ट्याउनुभयो । यस दिन मैले पनि तालिममा प्राप्त ज्ञानहरुको दैनिकी प्रतिवेदन पेश गरेको थिएँ । आठौँ दिन चन्द्र ठकुरीले सहकारी कोषको परिचालनसम्बन्धी र ऋषि लामिछानेले नीतिगत व्यवस्था तथा सुधारका विषयमा प्रकाश पार्नुभयो । उहाँले कृषि विकास बैङ्क सहकारीबाटै परिणत भएको हो पनि भन्नु भयो । नवौँ दिन विश्व व्यापार संगठनमा कृषि सहकारीको भूमिका र महत्वको जानकारी डा. बद्रि पोख्रेलले गराउनु भयो । तेज पन्थीले दीगो विकास र सहकारी, मानव प्रकृति र अर्थतन्त्रबीच सन्तुलित गर्ने प्रक्रिया नै दीगो विकास हो भन्ने पुष्टि गर्दै साधन र साध्यको महत्व पनि बताउनु भयो । यसरी उक्त तालिम महत्वपर्ूण्ा र उपलब्धीमूलक बन्यो र समापन भयो । तर, मुलुकमा उठ्नसक्ने जनआल्दोलनको पर्ूवानुमान गरी चैत्र महिनाको लामो दिनको फाइदा लिँदै पन्ध्र दिने तालिमलाई दैनिक समय बढाएर भए पनि नौ दिनमै सम्पन्न गरिएको थियो । सहकारीमा बहुमतको निर्ण्र्ााा साथै अल्पमतको कदर गर्नुपर्ने मान्यता त छ नै, त्यसलाई व्यवहारमा प्रयोग गर्नै पर्ने पनि हुन्छ । सहकारीको निम्ति पेशा मिल्नु आवश्यक हुन्छ भने नेपालको ६० प्रतिशत राष्ट्रिय सम्पति १० प्रतिशतको हातमा अब पक्कै रहनु हुँदैन । पेशालाई बढावा दिँदै लाँदा व्यवसायिक निरासा र कुण्ठा पनि आउन दिनु हुँदैन, उत्साहको भावना रहिरहनर्ुपर्छ र समस्या पनि एउटै हुन जरुरी हुन्छ । संरक्षित पुँजीले फिर्ता कोषबाट छुट्टै लाभांश पाउँछ । जगेडा कोष जथाभावी चलाउन पाइँदैन, संस्थागत विकासमा मात्र चलाउन, बढाउन पाइन्छ । आफ्ना सदस्यहरूलाई सहयोग गरी सुविधा दिएर समस्या सुल्झाइदिने सहकारीको काम र कर्तव्य हो, संस्था धनी बनाउने होइन । र, एक वर्षो कर्मचारी बोनसकोष वर्षदिनभित्रमै सञ्चालन गरिसक्नु पर्दछ भन्नेजस्ता कुराहरु नै मैले तालिमबाट प्राप्त गरेका महत्वपर्ूण्ा कुराहरु हुन् । अन्तमा, यस्ता तालिमहरू सबैलाई अनिवार्य त छन् नै, यसको निरन्तरताको आवश्यक पनि छ । अनि मात्र सहकारीबारे अझ धेरैले ज्ञान र दक्षता हाँसिल गर्नेछन् । अन्त्यमा गोरखा मीलेनीयमका शेयरसदस्यहरुलाई धन्यवाद दिन चाहन्छु जसले सञ्चालक समितिको निम्ति मलाई योग्य ठान्नुभयो र धेरै उल्लेखनीय काम र कुरा सिक्न पाउने मौका दिनुभयो । जाऔ है गोरखा मीलेनीयम ।