दोभान हाइड्रोपावर प्रा.लि. द्धारा सोलुखुम्बु जिल्ला, बेनि गा.वि.स. स्थित जुनबेशी खोलामा निर्माण हुन लागेको ५.२ मेगावाटको जुनबेशी खोला जलविद्युत आयोजनामा यस गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. अन्र्तगत गोरखा मिलेनियम ईन्भष्टमेन्ट प्रा.लि. कम्पनी र गोरखालीहरुको मुख्य लगानी र ब्यवस्थापनमा निर्माण कार्य शुरु हन लागि रहेकोे हुँदा गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. को सम्पूर्ण शेयर सदस्यहरुलाई हाइड्रोपावरमा लगानीको लागि अनुरोध गरिन्छ ।
हालसम्म भई सकेको कार्यको विवरण :–
१) २०६८/०४/२३ मा प्रारम्भिक बाताबरणिय परिक्षण (IEE) भई सकेको ।
१) परियोजना निर्माण गर्न बिद्युत बिकासबाट जेनेरेशन लाईसेन्स लिई सकिएको ।
२) २०६९/०९/२० मा बिद्युत उत्पादन अनुमति लिई सकिएको ।
३) नेपाल बिद्युत प्राधिकरणसँग २०६९/१२/२९ मा बिद्युत खरिद बिक्री (PPA) सम्झौता भएको । ४) २०७०/०९/१८ मा सानिमा बैंकको नेतृत्वमा बैंकहरुको समूहले १०० मा ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको ।
५) बिद्युत प्रशारण लाईन सम्झौता भएको ।
६) प्रशारण लाईनको सर्भे भएको ।
७) परियोजना परामर्शदाताको नियुतिm गरि सकिएको ।
८) कन्ट्रक्शन सुपरभिजन गर्न कन्सल्टेन्ट नियुतिm गरि सकिएको र कन्सल्टेन्टबाट टेण्डर डकुमेन्ट तयार भई सकेको ।
९) मिति २०७०/०५/३१ मा डियु डेलिजेन्स रिेपोर्ट (DDR) तयार भई सकेको ।
१०) ट्रान्समिशन लाईनको सर्भे र डिजाईन भई सकेको ।
११) २०७२/०२/२५ मा बन मन्त्रालय तथा बन बिभागबाट स्वीकृति लिने काम सम्पन्न भई सकेको ।
१२) परियोजनामा पर्ने जग्गाको ले–आउट गरि सकिएको । र सो अनुसार ६० प्रतिशत जग्गा खरिद भई सकेको र बाँकी जग्गा खरिदको लागि प्रक्रिया अगाडी बढाई सकिएको छ ।
१३) परियोजना फाप्लु एयरपोर्टबाट ९ कि.मि. मोटर बाटो पु¥याई सकिएको छ ।
१४) क्याम फेसिलिटिजको निर्माण गर्ने र कन्ट्रक्शनको टेण्डर निकाल्ने काम बाँकी रहेको छ । सो काम छिट्टै अगाडी बढाईदैछ ।
आयोजनाको बिबरण :– सोलुखुम्बु जिल्ला बेनी गा.बि.स. स्थित जुनबेशी खोलामा निर्माणाधिन परियोजना सदरमुकाम सल्लेरीबाट ९ किलो मिटर उत्तरमा पर्दछ ।
आयोजनाको सारांश :– परियोजनाको कुल क्षमता : ५.२ मेगावाट परियोजनाका कुल लागत : ९८ करोड प्रशारण लाईन : ३३ KV, ९ कि.मि. (सल्लेरी) परियोजना निर्माण अबधि : २ बर्ष परियोजनाबाट प्राप्त हुने बार्षिक आम्दानी : १७ करोड
परियोजनाको लागत :– परियोजनाको जम्मा लागत ९८ करोड रहेकोमा बैंकहरुको समुहबाट ७० प्रतिशत ऋण र यस कम्पनीका शेयरधनिहरुबाट ३० प्रतिशत इक्विटी शेयर लगानी हुनेछ । उक्त परियोजना निर्माण आगामी आश्विन महिनाबाट शुरु गरी २०७४ सालको मसान्तसम्म सम्पन्न गरिने छ । परियोजना सकेसम्म कम लगानीमा गुणस्तरीययुक्त परियोजना निर्माण गरिने छ । सम्पर्क नं. ९८५१०४०५१०, ९८५१०५७८१३, ९८५१०४२७९४