संस्थाको परिचय | Gurkha Millenium | गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि.
TwitterFacebookRss


संस्थाको परिचय

संस्थाको परिचय

संस्थाको परिचय नाम :- गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
ठेगाना :- काठमाण्डौं महानगरपालिका वडा नं.-३४, शान्‍तिनगर गेट, नयाँ बानेश्‍वर, काठमाण्डौं ।
स्थापना :- २०५७ कार्तिक १८ गते
दर्ता मिति :- २०५७ कार्तिक २१ गते
दर्ता नम्बर :- ६७९/०५७/०५८ जिल्ला सहकारी कार्यालय बिजुलीबजार,काठमाण्डौं ।
कार्य क्षेत्र :- काठमाण्डौं महानगरपालिका र आसपासका केहि क्षेत्र भित्र ।
पुरा गरेको अबधि :- आठौं बर्षपुरागरि  नवौ बर्षमा प्रवेश गरेको

सामुहिक कार्य :- यस संस्था मार्फत आफना शेयर सदस्यहरुलाई रोजगारमुलक कार्य तर्फ प्रोत्साहन गरि ब्यापार, ब्यवसाय गर्ने बाटो देखाई आत्मानिर्भर तर्फ उन्मुख गराउने र भू.पू. ब्रिटिश परिवारजनमा एकता र भातृत्वको बिकास गरि परेको वेला सस्तो र र्सवसुलभ ब्याजदरमा ऋण उपलब्ध गराउने र बचत गर्ने बानीको बिकासमा जोड दिई बैकिङ्ग सेवा गर्ने ।

स्थायी लेखा नम्बर :- ३००५८३८४३ ९
शेयर सदस्य संख्या स्थापनाकालमा :- ३५ जना
स्थापनाकालमा संचालक समिति संख्या :- १३ जना
स्थापनाकालका यस संस्थाका अध्यक्ष :- क्या. श्री एकाराम गुरुङ
हालका संचालक समितिका अध्यक्ष :- श्री पुरञ्जन राई

कर्मचारी संख्या :-
-क) ब्यावस्थापन बर्गबाट ५ जना
-ख) कार्यालय कर्मचारी १७ जना

हालको संचालक समिति संख्या :- १३ जना
महिला संख्या :-
पुरुष संख्या :- ७ लेखा
लेखा समिति संख्या :- ३ जना

गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. ब्रिटिश गोरखा भू.पू सैनिक तथा बर्तमान ब्रिटिश गोरखा सैनिकमा कार्यरत र उनीहरुको परिवारद्धारा संचालन गरिएको हो । यस संस्थाले आफनो स्थापनाकालदेखि आजसम्म सेवामुखी भई शेयर सदस्य, ग्राहक महानुभावहरुको हितमा कार्यगरि आजको यो स्थितिसम्म आईपुगेको छ । यस संस्थाले स-साना छरिएर त्यसै खेर गइरहेको रुपैयाँ, पैसालाई खुत्रुके बचत र क्रमिक बचत मार्फ संकलन गरि त्यसमा आकर्ष ब्याजदरमा एकमुष्ठ भुक्तानी दिने कार्यले शेयर सदस्यहरुलाई यस संस्थाप्रति सहकार्य गरि आफना समस्यालाई थोरै भएपनि समाधान गर्ने सफल भएको छ । हामी भू.पू.सैनिक परिवार एकताबद्ध भई समानता,न्यायिक र भेदभावपूर्ण ब्यवहारको बिरुद्ध ब्रिटिश सरकारसंग लडिनै रहेको वेला हाम्रो सहकार्य, निष्ठा र हामीले चलाएको भेदभाव बिरुद्धको न्यायोचित आन्दोलनबाट धेरै न्यायिक निर्णय हाम्रो पक्षमा भएका छन् र धेरै उपलब्धीहरु हासिल गरेका छौं । हामीले ब्रिटिशहरुको सेवा गरे वापत पाएको इमान्दारीको कमाई उपर्युक्त ठाउँमा लगानी गरेर आफु र आफना बाल – बच्चाको भबिष्य सुनिश्चित गर्ने अभिप्रेरित गर्दछौं । देशको बिग्रिदो शान्ति सुरक्षाको अवस्था, खस्कदो आर्थिक अबस्थामा र लगानीका अबसरहरु हराउदै गएका छन् । यस खालको बिषम परिस्थितिले सबै क्षेत्रमा निराशा र सन्नटा छाएको बेलामा पनि हामीले आर्थिक उन्नति हासिल गर्न सफल भएका छौं । आगामी दिनमा हामीले यस संस्थाको कार्यक्षेत्र बिस्तार गरि शसक्त रुपमा यस संस्थाको उद्देश्य, लक्ष्य अनुरुप कार्य गरि अगाडी बढ्ने अठोट गरेका छौं ।

परिकल्पना :-

सुशिक्षित, समृद्ध, नैतिकवान, सबैखाले शोषणयूक्त र समानतामूलक समाजको निर्माणमा हाम्रो पहल र सामुहिक प्रयासको सहभागीता हुनेछ । साथै सहकारी सिद्धान्त, सहकारी ऐन् २०४८, सहकारी नियमावली २०४९ र यस संस्थाको बिधान, बिनियमको अधिनमा रहेर कार्य गर्ने छ । आफनो शेयर सदस्यहरुलाई र्सवसुलभ र सस्तो ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरुलाई स्वावलम्वी र आत्मानिर्भरतर्फ उन्मुख गराई बचत गर्ने बानीको बिकास गर्ने र फजुल खर्च गर्ने बानीलाई निरुत्साहित पार्न यसको परिकल्पना गरिएको हो ।

भूमिका :-

नेपालको आधुनिकीकरणको सन्दर्भ सँगसँगै र्सवाङ्गीण बिकासको क्रममा आर्थिक तथा सामाजिक बिकासमा महत्वपूर्ण भूमिका प्रदान गर्ने अठोटका साथ सहकारीमा आधारित आर्थिक संकलन, ब्यापार, ब्यवसायमा लगानी गर्ने र स-साना रकमहरुको संकलनबाट आफना समस्याको निराकरणमा गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारीलाई प्रस्तुत गर्न सकिन्छ । समुदाय, समुह र स्थानिय रुपमा नगदकोष जम्मा गरि परिचालन गर्दा बैंक र बित्तिय संस्थासम्म आफनो पहुँच पुग्न नसकेका निम्न आय स्रोत भएका छरिएका समुदाय र समूहमा बचत तथा ऋण सहकारी साँच्चिकै फलदायि र सफल सिद्ध हुदै जाने अठोटका साथ २०१३ साल देखि नै सहकारी प्रयासबाट संचालन भएको पाईन्छ । त्यसो त नेपालमा अनादिकालदेखि नै आपसी सहयोगको लागि अनौपचारिक रुपमा बचत तथा ऋण कार्यक्रमहरु सामुहिक रुपमा संचालित रहदै आएका छन् । धर्मभिकारी, पर्म, गुठी, ढुकुटी, गुम्वा यसका उदाहरणको रुपमा आउँछन् । यी क्षेत्रहरुमा पनि मानिसहरुले आफनो सामाजिक एंव आर्थिक आवश्यकताहरु सामुहिक सहमति अनुसार परिपुर्ति गर्ने गरेको पाईन्छ । यसरी आपसी सहयोग र स्वावलम्बि भावनाको बिकास गर्दै “एकको लागि सबै र सबैको लागि एक” भन्ने सहकारीको मुल मान्यता अनुरुप यस संस्थाको स्थापना भएको हो ।

ध्येय

क:  संस्थालाई ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारबाट लचिलो, ब्यवहारिक र स्वत: स्फूर्त      तरिकाले संचालन गर्ने ।

ख:  असंगठित र छरिएर रहेको स-साना पूँजीलाई संगठित गरेर र ठोस कार्यगर्ने प्रेरित गर्ने ।

ग:  ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारमा रहेको एकता र सद्भभावलाई आर्थिक पारदर्शीताको नमुना पर्दशन गर्ने ।

घ:  ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारमा र समुदायमा रहेको आर्थिक श्रोत, सीप र ज्ञानलाई अधिकतम परिचालन गरि स्वालम्बनको वाटो अपनाउने

ङ:  सहकारीको मूल भावना, सहकारी ऐन्, आफनै बिधानको नियम भित्र रहि सहकारिताको सिद्धान्त अनुरुप कार्य गरि राष्ट्रलाई असल नागरिकको परिचय सहकारी मार्फ दिनु आदि ।
यसरी आफना शेयर सदस्यहरुलाई प्रबद्धन, सुदृढीकरण एंव आपसी सर्म्पर्कको माध्ममवाट अवसर प्रदान गरि समुदायमा आधारित सक्षम बित्तिय संस्था बनिरहन दिगोरुपमा बढी उत्पादनमूलक सेवाहरु जस्तै शिक्षा, तालिम तथा आर्थिक सेवाहरु पु-याउनु यस संस्थाको ध्येय रहेको छ ।

उद्देश्य

१:  ब्रिटिश गोरखा भू.पू. सैनिकहरुले आफनो सेवाकालमार् इमान्दारी र कठिन परिश्रमको कमाईलाई सहि ठाउँमा उपयोग गर्न प्रेरित गर्ने ।

२:  आफना बाल-बच्चाको र आफनो भबिष्य सुनिश्चित गर्ने फजुल खर्च गर्ने वानीको निरुत्साहित गर्ने र आफै ब्यापार, ब्यावसाय गरि स्वरोजगारीको सिर्जना गर्ने ।

३:  ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारमा सद्भाव, सद्विश्वासको विकास गरि देशको परिस्थिति अनुरुप सहिमार्गमा लगानीका अवसरको खोजी गर्नु र परेको बेलामा गर्जो र्टार्न ऋणको ब्यवस्था गर्नु ।

४:  शेयर सदस्यहरुलाई सहभागी बनाई ब्यक्ति, समुदाय, समाज र राष्ट्रको आर्थिक तथा सामाजिक बिकासका लागि बिभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्ने, गराउने ।

५:  सदस्यहरुवाट बचत संकलन गरि आफना सदस्यहरुलाई सीपमुलक,उत्पादनशील तथा सामाजिक, आर्थिक कार्यमा परिचालन गर्ने ।

६:  हाम्रा समुदायमा भएको श्रोत र साधनलाई परिचालित गरि ठूल-ठूला कलकारखाना,उधोग धन्दा संचालन गर्न मद्दत गर्नु ।

७:  खुत्रुके बचतमार्फ सबै नेपालीहरुमा बचत गर्ने नयाँ तरिकाको नमुना प्रस्तुत गर्ने ।

८:  स्वरोजगारी तर्फउन्मुख गराई आत्मानिर्भर हुन प्रत्येक शेयर सदस्यलाई अभिप्रेरित गर्ने ।

लक्ष्य
हाम्रो समुदायमा रहेको पछौटेपन, निष्कृयतालाई हटाई एकआपसमा विश्वासको वातावरण बनाई हाम्रो आफनै बचत आन्दोलन र सहकारी आन्दोलन मार्फत आफु र समाजलाई शसक्तिकरण गरि सामाजिक न्याय र आर्थिक समानतामा जोड दिने ।

रणनीति

१) समुदायलाई बचतकर्ता मार्फत संगठित गर्ने
२) देशमा सहकारी मार्फत असल नागरिक र योग्य जनशक्तीको निर्माण गर्ने
३) गुणस्तरिय सेवा र सुबिधाको बिस्तार गर्ने
४) राष्ट्रिय तथा अर्न्तराष्ट्रिय क्षेत्रमा खुत्रुके कार्यक्रमलाई बिकासगरि बचतको आदर्श नमुनाको बिकास गर्ने
५) सहकारी सिद्धान्त, सहकारी ऐन्, नियमको पूर्ण पालना गर्नु
६) सहभागितामूलक पद्धति निर्माण गर्नु
७) आर्थिक पारदर्शिता कायम गरि जनविश्वास जित्नु ।