क: संस्थालाई ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारबाट लचिलो, ब्यवहारिक र स्वत: स्फूर्त तरिकाले संचालन गर्ने ।
ख: असंगठित र छरिएर रहेको स-साना पूँजीलाई संगठित गरेर र ठोस कार्यगर्ने प्रेरित गर्ने ।
ग: ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारमा रहेको एकता र सद्भभावलाई आर्थिक पारदर्शीताको नमुना पर्दशन गर्ने ।
घ: ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारमा र समुदायमा रहेको आर्थिक श्रोत, सीप र ज्ञानलाई अधिकतम परिचालन गरि स्वालम्बनको वाटो अपनाउने
ङ: सहकारीको मूल भावना, सहकारी ऐन्, आफनै बिधानको नियम भित्र रहि सहकारिताको सिद्धान्त अनुरुप कार्य गरि राष्ट्रलाई असल नागरिकको परिचय सहकारी मार्फ दिनु आदि ।
यसरी आफना शेयर सदस्यहरुलाई प्रबद्धन, सुदृढीकरण एंव आपसी सर्म्पर्कको माध्ममवाट अवसर प्रदान गरि समुदायमा आधारित सक्षम बित्तिय संस्था बनिरहन दिगोरुपमा बढी उत्पादनमूलक सेवाहरु जस्तै शिक्षा, तालिम तथा आर्थिक सेवाहरु पु-याउनु यस संस्थाको ध्येय रहेको छ ।
उद्देश्य
१: ब्रिटिश गोरखा भू.पू. सैनिकहरुले आफनो सेवाकालमार् इमान्दारी र कठिन परिश्रमको कमाईलाई सहि ठाउँमा उपयोग गर्न प्रेरित गर्ने ।
२: आफना बाल-बच्चाको र आफनो भबिष्य सुनिश्चित गर्ने फजुल खर्च गर्ने वानीको निरुत्साहित गर्ने र आफै ब्यापार, ब्यावसाय गरि स्वरोजगारीको सिर्जना गर्ने ।
३: ब्रिटिश गोरखा भू.पू. सैनिक परिवारमा सद्भाव, सद्विश्वासको विकास गरि देशको परिस्थिति अनुरुप सहिमार्गमा लगानीका अवसरको खोजी गर्नु र परेको बेलामा गर्जो र्टार्न ऋणको ब्यवस्था गर्नु ।
४: शेयर सदस्यहरुलाई सहभागी बनाई ब्यक्ति, समुदाय, समाज र राष्ट्रको आर्थिक तथा सामाजिक बिकासका लागि बिभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्ने, गराउने ।
५: सदस्यहरुवाट बचत संकलन गरि आफना सदस्यहरुलाई सीपमुलक,उत्पादनशील तथा सामाजिक, आर्थिक कार्यमा परिचालन गर्ने ।
६: हाम्रा समुदायमा भएको श्रोत र साधनलाई परिचालित गरि ठूल-ठूला कलकारखाना,उधोग धन्दा संचालन गर्न मद्दत गर्नु ।
७: खुत्रुके बचतमार्फ सबै नेपालीहरुमा बचत गर्ने नयाँ तरिकाको नमुना प्रस्तुत गर्ने ।
८: स्वरोजगारी तर्फउन्मुख गराई आत्मानिर्भर हुन प्रत्येक शेयर सदस्यलाई अभिप्रेरित गर्ने ।



