TwitterFacebookRss


गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना

विक्रम सम्बत् २०५७ सालतिरको कुरा हो | म ब्रुनाईबाट पेन्सन आउने बेलामा एजुकेशन अफिसरले तपाईको छोराको निम्ति कुन स्कुल चाहिन्छ ? भनेर सोध्नु भएको थियो | मैले राम्रो स्कुल काठमाडौँमा मिलाई दिनोस् भनेको थिए | म जब काठमाडौंमा आई लिटल एन्जलशमा छोरालाई भर्ना गर्न गए तर ब्रुनाईमा जस्तो भएन मैले बिधालयको तर्फबाट कुनै सहयोग पाइन् | तर जे होस् छोरालाई लिटल एन्जलश स्कुलमा नै भर्ना गरे | छोराले यू.के.जी. पास गरयो | नखिपोटबाट जावलाखेलसम्म बसबाट जानुपर्ने, छोराको कपडा पसिना सरि लपक्कै भिजेर स्कुल पुग्ने र घर आउने, मैले पटक-पटक लिटल एन्जलश जावलाखेल र हातिबन स्कुलको रिसेप्सनमा गएर बसको बारेमा धेरै कुराहरु राखे तर सुनुवाई भएन त्यसै कारण मेरो छोराहरुलाई बाध्य भएर अर्को स्कुलमा सारे |
यसै सिलसिलामा हामीले गोरखा भुतपूर्व सैनिक संघको केन्द्रीय कार्यालयमा आफ्ना छोराछोरीहरु पढदै गरेको स्कुलको बारेमा कुराहरु चलायौ | कसैले त बिधालय नै खोल्नु पर्छ भन्ने कुराहरु पनि गरेका थिए |
हामी गेसोको सदस्यहरुको एउटा बैठक धुम्बाराही निवर्तमान गेसो कानुनी सल्लाहकार युवराज संग्रौलाज्यूको कार्यालय काठमाडौं Center for Legal Research and Resource Development (CeLRRd) कानुन अन्वेषण तथा श्रोत विकास केन्द्रमा गोरखा भुतपूर्व सैनिक संघ केन्द्रीय कार्यसमितिका उपसभापति कृष्णकुमार राई, केन्द्रीय सचिव महेन्द्रलाल राई, कोषाध्यक्ष जीत बहादुर राई र सदस्य क्याप्टेन एकाराम गुरुङ, बागमती अंचल कार्यसमितिका सभापति जीतेन्द्र (सामपाङ) र ललितपुर जिल्ला कार्यसमितिका सचिव उतम प्रसाद राईको उपस्थितिमा बैठक बसी बिधालय खोल्ने छलफल गरिएको थियो| त्यसताका सबै कुराहरु बिधालय खोल्ने निर्णयहरु भईसकेको थिए| हामीहरु एकदिन बिधालय बनाउने ठाउँ हेर्न जाने समेत निर्णय भएको थियो | अर्को बैठकमा पत्रिका पढदै एकजनाले भन्नुभयो ला  | सहकारीमा पैसा ठगेर फेरी अर्को संस्था भागेछन्, सबै त्यसपटि छलफल गर्नतिर लागे| त्यसताका एउटा चलन थियो कि सहकारी दर्ता गर्ने अनि टन्न पैसा जम्मा गर्ने त कुलेलाम ठोक्ने | त्यसै बखत युवराज संग्रौला आईपुग्नु भयो र हामीले छलफल गरेका बिषयहरुतर्फ केन्द्रीत हुनुभयो | बिधालय बनाउदा हामीले मोर्डन किसिमको बनाउनुपर्छ भन्ने विभिन्नतर्कहरु गर्यौं र अब लगानीकर्ताहरु खोज्न तर्फ लाग्यौ | पुरन्जन राई, जीतेन्द्र साम्पाङ र मेरो कम कानुनी सल्लाहकारसग सल्लाह गरी सम्पूर्ण काम गर्ने र हामी तीनजना कहिले सेर्लड़को अफिसमा त कहिले युवराज संग्रौलाको घरमा, कहिले बिहानको छ बजे, कहिले दिनको बाह्र त कहिले रातको दश बजे भेला भई सल्लाह गर्ने गर्थौ | हामीले एउटा सहकारी संस्था दर्ता गर्नु पर्छकि ? भनि उहाले कुरा राख्नु भयो| कारण सहकारीमा पैसा जम्मा गर्ने र स्कुलमा त्यो पैसा लगानी गर्ने | हामीले सबै फेरी स्कुललाई छाडी सहकारीतिर लाग्ने निर्णय गर्यौ र अर्को बैठकमा हाम्रो निर्णय तुरुन्तै सहकारी संस्था दर्ता गर्नेतर्फ तयारी भयौ | हाम्रो बैठक फेरि बस्यो र धेरै छलफल पछि निचोड निकाली हामी सहकारी संस्था दर्ता गर्नेमा बाध्य भयौ यो छलफलको निचोडबाट निकालिएका उद्धेश्यहरु यस प्रकार थिए :-
  • शिक्षातर्फ लगानी गर्ने |
  •  विभिन्न किसिमका आयमूलक कार्यक्रमहरु संचालन गर्ने |
  •  सदस्यहरुको सामाजिक एवं आर्थिक समुन्नतिका लागि बचत एवं उपयुक्त लगानी गर्ने प्रवृति बढाउन बचत संकलन र लगानी प्रबर्धन गर्ने |
  •   निम्न आयस्रोत भएका व्यक्ति तथा संस्थाहरुबाट बचत संकलन गरी सर्वसुलभ दरमा आयमूलक कार्यमा ऋण प्रवाह गर्ने |
  • उपरोक्त उद्धेश्य हासिल गर्न आवश्यक पर्ने र आयआर्जन सबै किसिमका सामाजिक एवं आर्थिक कार्यक्रम सन्चालन गर्ने |
  • अनि हाम्रा कामहरु बाडफाड भए सबै कागजात तयार पार्नका निम्ति सुदिप गौतमलाई जिम्मा लगाइयो |
दर्ता गर्नमा उहा लाग्नुभयो, भाग्यवश हामीले संस्था दर्ता गर्न सफल भयौ | उहाले यो कामको निम्ति पच्चीस सदस्यहरु रहेको शेयर सदस्यको नाममा मिति २०५७ कार्तिक २१ गते गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको नाममा प्रमाणपत्र ल्याईदिनुभयो र विधिगत रुपमा यो संस्थाको उद्घाटन मिति २०५७ साल मंसिर ७ गतेको दिन काठमाडौं महानगरपालिका ४, धुम्बाराहीमा गरियो |
 गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड स्थापना गर्नु जति कठिन थियो यो सम्पूर्ण श्रेय अधिवक्ता युवराज संग्रौला, सुदिप गौतम र बिनोद दाहालज्यूलाई दिनु नै पर्छ | यो संस्था रात-दिन दुख गरि जन्माउने व्यक्तिहरुलाई पनि जन्म पिताको उपाधि दिनुनै पर्छ | यो संस्थाले गोरखा भुतपुर्व सैनिक, कार्यरत गोरखा र तिनका परिवारहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हरेक किसिमको सहयोग पुरयाउदै आएको जानकारी गराउदछु | आज यो संस्था सानो छ, भोलि अवश्य पनि उमेर पुगेका बेला नेपालको सर्वोत्कृष्ट सहकारी संस्था हुने समेत म विश्वास दिलाउन चाहन्छु गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाकालदेखि नै सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी र सङ नानीहरुलाई निछेप संकलनका बारेमा शिक्षा दिदै आएको समेत जानकारी गराउछु | जब खुत्रुके बाकस घरमा आउन थाले त्यही दिनदेखि नै एक-एक पैसा निछेप संकलन गर्न सुरु गरेका छन् भने, दैनिक उपभोग्य वस्तु गोरखा मीलेनियम खाध भण्डारबाट घर-घरमा सेवा पुरयाउदै आएका छन् र यो खाध्यभण्डारमा सम्पूर्ण दैनिक गुणस्तरीय उपभोग्य वस्तु र तौल राम्रो हुने समेत तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु |
 हालसालै नेपालभरि नै गोरखालीसमुहद्धारा संचालित भन्दै सहकारी, बैंक, उधोग धन्दा, पत्रपत्रिका, संघसंस्थाहरु संचालन गर्दै आइरहेको हुदा यस्ता गोरखालीहरुको नाम राखेर आफ्नो धन्दा चलाउनेहरुदेखि  पनि सतर्क रहनु अतिनै अवश्यकता छ यसै गोरखालीबाट म अपील गर्दछु | हाम्रा सीधा सोझा गोरखालीहरुलाई पदङमा उभ्याई फाइदा लिनेहरुको कमी छैन | दुई पाइला पर पठाउनासाथ मुर्गा पुरा गर्न चाहन्छन् | कतिले त घरबार नै नाश गरिदिएका घटनाहरु जीवितै छन् | यी कुराहरुमा हामी आफै सचेत हुन अतिनै जरुरी छ |