TwitterFacebookRss

दोभान हाइड्रोपावर प्रा.लि. द्धारा सोलुखुम्बु जिल्ला, बेनि गा.वि.स. स्थित जुनबेशी खोलामा निर्माण हुन लागेको ५.२ मेगावाटको जुनबेशी खोला जलविद्युत आयोजनामा यस गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. अन्र्तगत गोरखा मिलेनियम ईन्भष्टमेन्ट प्रा.लि. कम्पनी र गोरखालीहरुको मुख्य लगानी र ब्यवस्थापनमा निर्माण कार्य शुरु हन लागि रहेकोे हुँदा गोरखा मिलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. को सम्पूर्ण शेयर सदस्यहरुलाई हाइड्रोपावरमा लगानीको लागि अनुरोध गरिन्छ ।

हालसम्म भई सकेको कार्यको विवरण  :–

१) २०६८/०४/२३ मा प्रारम्भिक बाताबरणिय परिक्षण (IEE) भई सकेको ।

१) परियोजना निर्माण गर्न बिद्युत बिकासबाट जेनेरेशन लाईसेन्स लिई सकिएको ।

२) २०६९/०९/२० मा बिद्युत उत्पादन अनुमति लिई सकिएको ।

३) नेपाल बिद्युत प्राधिकरणसँग २०६९/१२/२९ मा बिद्युत खरिद बिक्री (PPA) सम्झौता भएको ।                                                                                                                                                                                                                                        ४) २०७०/०९/१८ मा सानिमा बैंकको नेतृत्वमा बैंकहरुको समूहले १०० मा ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको ।

५) बिद्युत प्रशारण लाईन सम्झौता भएको ।

६) प्रशारण लाईनको सर्भे भएको ।

७) परियोजना परामर्शदाताको नियुतिm गरि सकिएको ।

८) कन्ट्रक्शन सुपरभिजन गर्न कन्सल्टेन्ट नियुतिm गरि सकिएको र कन्सल्टेन्टबाट टेण्डर डकुमेन्ट तयार भई सकेको ।

९) मिति २०७०/०५/३१ मा डियु डेलिजेन्स रिेपोर्ट (DDR)  तयार भई सकेको ।

१०) ट्रान्समिशन लाईनको सर्भे र डिजाईन भई सकेको ।

११) २०७२/०२/२५ मा बन मन्त्रालय तथा बन बिभागबाट स्वीकृति लिने काम सम्पन्न भई सकेको ।

१२) परियोजनामा पर्ने जग्गाको ले–आउट गरि सकिएको । र सो अनुसार ६० प्रतिशत जग्गा खरिद भई सकेको र बाँकी जग्गा खरिदको लागि प्रक्रिया अगाडी बढाई सकिएको छ ।

१३) परियोजना फाप्लु एयरपोर्टबाट ९ कि.मि. मोटर बाटो पु¥याई सकिएको छ ।

१४) क्याम फेसिलिटिजको निर्माण गर्ने र कन्ट्रक्शनको टेण्डर निकाल्ने काम बाँकी रहेको छ । सो काम छिट्टै अगाडी बढाईदैछ ।

आयोजनाको बिबरण  :– सोलुखुम्बु जिल्ला बेनी गा.बि.स. स्थित जुनबेशी खोलामा निर्माणाधिन परियोजना सदरमुकाम सल्लेरीबाट ९ किलो मिटर उत्तरमा पर्दछ ।

आयोजनाको सारांश :– परियोजनाको कुल क्षमता : ५.२ मेगावाट परियोजनाका कुल लागत : ९८ करोड प्रशारण लाईन : ३३ KV, ९ कि.मि. (सल्लेरी) परियोजना निर्माण अबधि : २ बर्ष परियोजनाबाट प्राप्त हुने बार्षिक आम्दानी : १७ करोड

परियोजनाको लागत :– परियोजनाको जम्मा लागत ९८ करोड रहेकोमा बैंकहरुको समुहबाट ७० प्रतिशत ऋण र यस कम्पनीका शेयरधनिहरुबाट ३० प्रतिशत इक्विटी शेयर लगानी हुनेछ । उक्त परियोजना निर्माण आगामी आश्विन महिनाबाट शुरु गरी २०७४ सालको मसान्तसम्म सम्पन्न गरिने छ । परियोजना सकेसम्म कम लगानीमा गुणस्तरीययुक्त परियोजना निर्माण गरिने छ । सम्पर्क नं. ९८५१०४०५१०, ९८५१०५७८१३, ९८५१०४२७९४

नेपालमा ड्रागनफल

नेपालमा ड्रागनफल २०५७ सालदेखि सर्वप्रथम ललितपुर भैसेपाटी स्थित किरात खिमका बरिष्ठ पशु चिकित्सक डा. जगन्नाथ राईले अमेरिकी इन्जिनियर साथी मार्फत भियतनामबाट भित्राई खेती शुरु गरेका थिए । यो फल मेक्सिकोमा रैथाने फल हो । विगत एक दशकभित्र यसको सामान्य प्रचार भएपनि व्यावसायिक विकास भएको थिएन । प्रथमत यसको व्यावसायिक खेतीको शुरुवात राष्ट्र विकासमा समर्पित बेलायत तथा सिङ्गापुरका भूतपूर्व सैनिकहरुद्धारा प्रवद्धित गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्थाले २०७० सालबाट शुरु गरेको छ । १२ प्रकारका मिनरल्स तथा भिटामिनहरु पाईने यो फलमा “एन्टीअक्सीडेन्ट” अर्थात क्यान्सर प्रतिरोधात्मक गुण समेत रहेको पाईन्छ । सिउँडी प्रजातिमा पर्ने यो फलको खेती गर्मी हुने ठाऊँहरुमा गर्न मिल्छ । समुद्र सतहदेखि १ हजार ५ सय मीटरसम्मको उचाईमा सफलतापूर्वक यसको खेती भएको छ । मध्यपहाडी, बेशी तथा भित्री मधेश तथा तराईका जिल्लाहरुमा व्यावसायिक खेती गर्न सकिन्छ ।  

Dragon Fruit

खेती व्यवस्थापन :– १ रोपनी जग्गामा १ सय बोट रोप्न सकिने यो फललाई पानी जम्ने र बढी बर्षाद अनि चिस्यानबाट जोगाउनु पर्दछ । प्रति रोपनी १ हजार किलोसम्म फल दिने यो फल सानोमा १५० ग्राम र ठूलोमा १ किलोसम्मको हुने गरेको छ । यसको खेती गर्दा सिमेन्टद्धारा बनाईएको ५ फिटको पिलर वा काठको त्यतिनै थाक्राको अनिवार्य व्यवस्था गर्नु पर्दछ । तुलनात्मक रुपले रोग तथा किरा कम लाग्ने यो फल उपयोगी मानिन्छ । मलिलो माटो, रुखो माटो जुनसुकैमा रोप्न सकिने भएपनि कम्पोष्ट मलको व्यवस्था गर्नुपर्ने हुन्छ । यो फललाई गमलामै पनि रोप्न मिल्छ । कौशि र करेसा बारीमा समेत खेती गर्न मिल्छ ।  

Dragon fruit Fram

विरुवा रोप्ने तरिका :– यो फल दुई तरिकाबाट खेती गर्न मिल्छ । १) ब्यावसायिक :– ६ फीट ८ ६ फीटको फरकमा लाइन मिलाएर २ फीट गहिरो तथा १ फीट चौडा भएको खाल्डो बनाई प्रति बोट २ के.जी कम्पोष्ट मल र माटो मिसाई मोलेर बेर्ना रोप्ने विरुवा रोपेको ठाँऊमा ५ फीट अग्लो सिमेन्ट पिलर वा काठको थाक्रा दिने । २) गमलातर्फ :– कम्तीमा ३ फीट अग्लो तथा ३ फीट नै गोलाई भएको गमलामा मलिलो माटो, कम्पोष्ट मल ५ के.जी. बालुवा र गिट्टी मिसाएर अनुमानित ६ के.जी. गरेर गमलाको मूनि भरेर माथिबाट मल र माटो मिसाएर विरुवा रोप्ने यसमा पनि सिमेन्टको थाक्रा दिने । इच्छा अनुसार खेती :– यो फललाई छाता जस्तो, लहरा जस्तो, बुट्टयान जस्तो गरेर आफ्नो इच्छा र आवश्यक्ता अनुरुप खेती गर्न सकिन्छ ।

विस्तृत जानकारीका लागि :–

गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि.

गोरखा मीलेनियम कम्प्लेक्स्

मीनभवन, नयाँ बानेश्वर, काठमाण्डौं,

जि.पि.ओ. ८९७३, एन.पि.सी. ६७५

फोन :– ०१–४६२२८८३, ४६२२८४४,४६२११३७

कौशि खेती तालिम सम्पन्न

मिति २०७१/१२/२० गते गोरखा मीलेनियम बहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा यस संस्थाको कार्यलय नयाँ बानेश्वर, मीनभवन काठमाण्डौमा शेयर सदस्यहरुलाई १ दिने कौशि (तरकारी) खेती तालिम प्रदान गरियो । कौशि खेतीे तालिमको प्रशिक्षक कृषि बिशेषज्ञ श्री अनिल कुमार आचार्य, कृषि बिशेषज्ञ श्री राज कुमार राई र यस संस्थाको सञ्चालक श्रीमती षष्टिका तुम्बाहाङ्फेले प्रशिक्षण दिनुभएको थियो । उक्त तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी थिए । शहरी क्षेत्रमा जग्गाको अभावले गर्दा घरको छटमा कौशी खेती गरी अर्गानिक तरकारी उत्पादन गर्न सकिने त्यसको लागि उपयुक्त माटो, मल, पानी, स्याहार, तरकारीमा लाग्ने रोगको पहिचान र रोकथामको उपाय लगायत कौशिमा खेती गरिने हुँदा त्यसको लागि चाहिन सामाग्री बारे तालिममा जानकारी गराईएको थियो । यसरी उक्त तालिम उपलब्धिमूलक, समय सापेक्ष, सान्र्दभिक र महत्वपूर्ण रहेको थियो ।   DSC01785

Introducing Mobile Banking

We are please to announce mobile banking service, which allows you to query your saving account balance, view mini statement, pay bill , top-up mobile balance, and transfer fund. Mobile Banking Feature

गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्थाको स्थापना

विक्रम सम्बत् २०५७ सालतिरको कुरा हो | म ब्रुनाईबाट पेन्सन आउने बेलामा एजुकेशन अफिसरले तपाईको छोराको निम्ति कुन स्कुल चाहिन्छ ? भनेर सोध्नु भएको थियो | मैले राम्रो स्कुल काठमाडौँमा मिलाई दिनोस् भनेको थिए | म जब काठमाडौंमा आई लिटल एन्जलशमा छोरालाई भर्ना गर्न गए तर ब्रुनाईमा जस्तो भएन मैले बिधालयको तर्फबाट कुनै सहयोग पाइन् | तर जे होस् छोरालाई लिटल एन्जलश स्कुलमा नै भर्ना गरे | छोराले यू.के.जी. पास गरयो | नखिपोटबाट जावलाखेलसम्म बसबाट जानुपर्ने, छोराको कपडा पसिना सरि लपक्कै भिजेर स्कुल पुग्ने र घर आउने, मैले पटक-पटक लिटल एन्जलश जावलाखेल र हातिबन स्कुलको रिसेप्सनमा गएर बसको बारेमा धेरै कुराहरु राखे तर सुनुवाई भएन त्यसै कारण मेरो छोराहरुलाई बाध्य भएर अर्को स्कुलमा सारे |

यसै सिलसिलामा हामीले गोरखा भुतपूर्व सैनिक संघको केन्द्रीय कार्यालयमा आफ्ना छोराछोरीहरु पढदै गरेको स्कुलको बारेमा कुराहरु चलायौ | कसैले त बिधालय नै खोल्नु पर्छ भन्ने कुराहरु पनि गरेका थिए |

हामी गेसोको सदस्यहरुको एउटा बैठक धुम्बाराही निवर्तमान गेसो कानुनी सल्लाहकार युवराज संग्रौलाज्यूको कार्यालय काठमाडौं Center for Legal Research and Resource Development (CeLRRd) कानुन अन्वेषण तथा श्रोत विकास केन्द्रमा गोरखा भुतपूर्व सैनिक संघ केन्द्रीय कार्यसमितिका उपसभापति कृष्णकुमार राई, केन्द्रीय सचिव महेन्द्रलाल राई, कोषाध्यक्ष जीत बहादुर राई र सदस्य क्याप्टेन एकाराम गुरुङ, बागमती अंचल कार्यसमितिका सभापति जीतेन्द्र (सामपाङ) र ललितपुर जिल्ला कार्यसमितिका सचिव उतम प्रसाद राईको उपस्थितिमा बैठक बसी बिधालय खोल्ने छलफल गरिएको थियो| त्यसताका सबै कुराहरु बिधालय खोल्ने निर्णयहरु भईसकेको थिए| हामीहरु एकदिन बिधालय बनाउने ठाउँ हेर्न जाने समेत निर्णय भएको थियो | अर्को बैठकमा पत्रिका पढदै एकजनाले भन्नुभयो ला  | सहकारीमा पैसा ठगेर फेरी अर्को संस्था भागेछन्, सबै त्यसपटि छलफल गर्नतिर लागे| त्यसताका एउटा चलन थियो कि सहकारी दर्ता गर्ने अनि टन्न पैसा जम्मा गर्ने त कुलेलाम ठोक्ने | त्यसै बखत युवराज संग्रौला आईपुग्नु भयो र हामीले छलफल गरेका बिषयहरुतर्फ केन्द्रीत हुनुभयो | बिधालय बनाउदा हामीले मोर्डन किसिमको बनाउनुपर्छ भन्ने विभिन्नतर्कहरु गर्यौं र अब लगानीकर्ताहरु खोज्न तर्फ लाग्यौ | पुरन्जन राई, जीतेन्द्र साम्पाङ र मेरो कम कानुनी सल्लाहकारसग सल्लाह गरी सम्पूर्ण काम गर्ने र हामी तीनजना कहिले सेर्लड़को अफिसमा त कहिले युवराज संग्रौलाको घरमा, कहिले बिहानको छ बजे, कहिले दिनको बाह्र त कहिले रातको दश बजे भेला भई सल्लाह गर्ने गर्थौ | हामीले एउटा सहकारी संस्था दर्ता गर्नु पर्छकि ? भनि उहाले कुरा राख्नु भयो| कारण सहकारीमा पैसा जम्मा गर्ने र स्कुलमा त्यो पैसा लगानी गर्ने | हामीले सबै फेरी स्कुललाई छाडी सहकारीतिर लाग्ने निर्णय गर्यौ र अर्को बैठकमा हाम्रो निर्णय तुरुन्तै सहकारी संस्था दर्ता गर्नेतर्फ तयारी भयौ | हाम्रो बैठक फेरि बस्यो र धेरै छलफल पछि निचोड निकाली हामी सहकारी संस्था दर्ता गर्नेमा बाध्य भयौ यो छलफलको निचोडबाट निकालिएका उद्धेश्यहरु यस प्रकार थिए :-

  • शिक्षातर्फ लगानी गर्ने |
  •  विभिन्न किसिमका आयमूलक कार्यक्रमहरु संचालन गर्ने |
  •  सदस्यहरुको सामाजिक एवं आर्थिक समुन्नतिका लागि बचत एवं उपयुक्त लगानी गर्ने प्रवृति बढाउन बचत संकलन र लगानी प्रबर्धन गर्ने |
  •   निम्न आयस्रोत भएका व्यक्ति तथा संस्थाहरुबाट बचत संकलन गरी सर्वसुलभ दरमा आयमूलक कार्यमा ऋण प्रवाह गर्ने |
  • उपरोक्त उद्धेश्य हासिल गर्न आवश्यक पर्ने र आयआर्जन सबै किसिमका सामाजिक एवं आर्थिक कार्यक्रम सन्चालन गर्ने |
  • अनि हाम्रा कामहरु बाडफाड भए सबै कागजात तयार पार्नका निम्ति सुदिप गौतमलाई जिम्मा लगाइयो |

दर्ता गर्नमा उहा लाग्नुभयो, भाग्यवश हामीले संस्था दर्ता गर्न सफल भयौ | उहाले यो कामको निम्ति पच्चीस सदस्यहरु रहेको शेयर सदस्यको नाममा मिति २०५७ कार्तिक २१ गते गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको नाममा प्रमाणपत्र ल्याईदिनुभयो र विधिगत रुपमा यो संस्थाको उद्घाटन मिति २०५७ साल मंसिर ७ गतेको दिन काठमाडौं महानगरपालिका ४, धुम्बाराहीमा गरियो |

 गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड स्थापना गर्नु जति कठिन थियो यो सम्पूर्ण श्रेय अधिवक्ता युवराज संग्रौला, सुदिप गौतम र बिनोद दाहालज्यूलाई दिनु नै पर्छ | यो संस्था रात-दिन दुख गरि जन्माउने व्यक्तिहरुलाई पनि जन्म पिताको उपाधि दिनुनै पर्छ | यो संस्थाले गोरखा भुतपुर्व सैनिक, कार्यरत गोरखा र तिनका परिवारहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हरेक किसिमको सहयोग पुरयाउदै आएको जानकारी गराउदछु | आज यो संस्था सानो छ, भोलि अवश्य पनि उमेर पुगेका बेला नेपालको सर्वोत्कृष्ट सहकारी संस्था हुने समेत म विश्वास दिलाउन चाहन्छु गोरखा मीलेनियम बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाकालदेखि नै सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी र सङ नानीहरुलाई निछेप संकलनका बारेमा शिक्षा दिदै आएको समेत जानकारी गराउछु | जब खुत्रुके बाकस घरमा आउन थाले त्यही दिनदेखि नै एक-एक पैसा निछेप संकलन गर्न सुरु गरेका छन् भने, दैनिक उपभोग्य वस्तु गोरखा मीलेनियम खाध भण्डारबाट घर-घरमा सेवा पुरयाउदै आएका छन् र यो खाध्यभण्डारमा सम्पूर्ण दैनिक गुणस्तरीय उपभोग्य वस्तु र तौल राम्रो हुने समेत तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु |

 हालसालै नेपालभरि नै गोरखालीसमुहद्धारा संचालित भन्दै सहकारी, बैंक, उधोग धन्दा, पत्रपत्रिका, संघसंस्थाहरु संचालन गर्दै आइरहेको हुदा यस्ता गोरखालीहरुको नाम राखेर आफ्नो धन्दा चलाउनेहरुदेखि  पनि सतर्क रहनु अतिनै अवश्यकता छ यसै गोरखालीबाट म अपील गर्दछु | हाम्रा सीधा सोझा गोरखालीहरुलाई पदङमा उभ्याई फाइदा लिनेहरुको कमी छैन | दुई पाइला पर पठाउनासाथ मुर्गा पुरा गर्न चाहन्छन् | कतिले त घरबार नै नाश गरिदिएका घटनाहरु जीवितै छन् | यी कुराहरुमा हामी आफै सचेत हुन अतिनै जरुरी छ |

Online Banking

Introducing online banking service. Now you can have your account information at your fingertips, from anywhere in the world, at anytime. More detail at http://gurkhaml.com/online-banking

12 AGM Notice

मिति २०६९ साल भदौ ३ गते आईतबार बसेको सञ्चालक समितिको २० औं नियमित बैठकले यस संस्थाको १२ औं बाषिर्क साधारण सभामा महत्वपूर्ण प्रस्तावहरु उपर छलफल गरी निर्णय गर्नुपर्ने भएकोले निम्न मिति, समय र स्थानमा सम्पुर्ण सदस्यहरुलाई अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

प्रस्ताबहरु :-

१) सञ्चालक समितिको तर्फाट अध्यक्ष ज्यूद्वारा प्रस्तुत बाषिर्क प्रतिवेदन उपर छलफल गरी अनुमोदन गर्ने बारे ।

२) आर्थिक बर्ष २०६८/०६९ को लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरी अनुमोदन गर्ने बारे ।

३) आर्थिक बर्ष २०६९/७० को लागि अनुमानित बजेट पारित गर्ने सम्बन्धमा ।

४) आर्थिक बर्ष २०६९/७० को लेखापरिक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

५) लेखा समितिको तर्फाट प्रतिवेदन प्रस्तुत गर्ने बारे ।

६) निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यहरु र सञ्चालक समिति मध्येबाट २/२ जना प्रतिनिधि चयन गर्ने बारे ।

७) जग्गा खरिद तथा भवन निर्माण गर्ने सम्बन्धमा ।

८) सदस्य सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा ।

९) विविध :- क)…………………………. ख) …………………………..

कार्यक्रम :-

मिति :- २०६९/०५/२२ गते शुक्रबार (०७ सेप्टेम्बर २०१२ )

समय :- दिनको ठीक ११:०० बजे

स्थान :- मण्डला पार्टी प्यालेस चौथो तला, एलाएन्स इन्सुरेन्स कम्प्लेक्स, तीनकुने, काठमाण्डौं ।

सर्म्पर्क नं. :- ४६२२८४४, ४६२२८८३, ४६२११३७, ९८४१५९३३४४, ९८५१०४०५१०, ९८५१०५७८१३

 

New Telephone Number

New Telephone Number

Bishesh Saving

Bishesh Saving

Notice for Telephone number Change

This is notify to all our customers and concerned people, dated from 2067/04/07, Our telephone numbers has been changed as follows:
01-4622883
01-4622884
01-4621137
Fax: 01-4621990